त्रिदेशीय नेशसन्स कप फुटबल प्रतियोगिता बंगलादेशको सानदार जित

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, बंगलादेशले त्रिदेशीय नेशनल कप फुटबल प्रतियोगितामा कीर्गिस्तानको यु-२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तानलाई १-० ले पराजित गर्दै त्रिदेशीय नेसन्सकपमा सुखद सुरुआत गरेको हो । कीर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुआतबाट नै दबाब दिएर खेलेको बंगलादेशले अग्रता भने ३०औं मिनेटमा पाएको थियो ।

क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बंगलादेशले अग्रता पाएको थियो । र बंगलादेशको जितका लागि सोही उपहार गोल नै निर्णायक बनेको हो । पहिलो हाफमा पछि परेको किर्गिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास ग¥यो । तर, पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । अन्तिम तिर खेलमा फर्किन निकै संघर्ष गरेको किर्गिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका खेर फालेको थियो । टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरएको थियो । सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्