अभिनेता आमिर खानलाई कोरोना संक्रमण

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, बलिउड अभिनेता आमिर खान कोभिड–१९ बाट संक्रमित भएका छन् ।

कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् । आमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्