दुई वटा बैंकको एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने ३० वर्षीय थापा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । चैत्र १२, ललितपुर महानगरपालिका १४ खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका ५ घर भएका ३० वर्षीय भेष बहादुर थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका १४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ बिशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका १४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर चोरी उद्योग सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।

 

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्