एमाले संसदीय दलको बैठक बस्दै, नेपाल समूह नजाने
सहयात्रा टिभी
काठमाडौँ । चैत १३, प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको लागि संसदीय दलको बैठक बोलाएका छन् ।
तर आजको बैठकमा माधवकुमार नेपाल समूहका नेताहरू नगई केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
एमालेका दुई समूहले छुट्टाछुट्टै बैठक आयोजना गरेका हुन् । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ ।
यता प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल-नेपाल समूहले बताइसकेको छ ।