गुप्तचरमा १ सय ४ जनाका लागि भर्ना खुल्यो हेर्नुहोस् सूचनासहित

सहयात्रा टिभी

काठमाडौं । चैत्र १३, नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको पदमा भर्ना खुला गरेको छ । विभागले १ सय ४ जनाका लागि भर्ना खुला गरेको हो । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतमा रहेको विभागले आज शुक्रबार एक सूचना जारी गर्दै तीन पदका लागी १ सय ४ जनालाई जागिर खुलाएको हो ।

विभागले अनुसन्धान अधिकृतमा २१ जना, अनुसन्धान सहायकमा ३२ जना र सहायक सूचकमा ५१ जनाका लागि दरखास्त आह्वान गरेको हो । बिज्ञापनमा भनिएअनुसार अधिकृतका लागि स्नातक तह, सहायकका लागि प्रविणता तह र सूचकका लागि एसएलसी वा सो सरह उत्तीर्ण भएको हुनुपर्दछ भने दरखास्त दिनका लागि अधिकृतका लागि १ हजार, सहायकका लागि ३ सय र सूचकका लागि १ सय ५० तोकिएको छ । उमेर र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७८ वैशाख १२ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

प्रकाशित : 26 March, 2021

प्रतिक्रिया दिनुहोस्