सुनको मूल्य तोलामा ६ सयले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र १३, नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । आजका लागि बजार मूल्य प्रतितोला ८६ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

गत शुक्रबार सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँ थियो । आइतबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ७ सय भएको थियो भने सोमबार तोलामा २ सय रुपैयाँ घटेको थियो । मंगलबार पुन तोलामै ३ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँ कायम भएको थियो। बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी सुन एक सातामा तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । बिहीबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा करोबार भएको थियो । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २ सय ७५ रुपैयाँ थियो । आइतबार तोलामा ५ रुपैयाँ बढेको थियो ।

सोमबार तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ६० रुपैयाँ भएको थियो । चाँदीको मूल्य लगातार घट्दै बिहीबार प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा आइपुगेको थियो । चाँदीको मूल्य एक सातामा ४५ रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही दिन यता सामान्य उतारचढाव भइरहेको छ । आज सुन प्रतिऔंस १७२५ दशमलव ७३ डलर र चाँदी २५ दशमलव ०९ डलरमा कारोबार भएको छ।

 

 

प्रकाशित : 26 March, 2021

प्रतिक्रिया दिनुहोस्