सन्तान भन्दा पैसा प्यारो भन्दै बलिउड अभिनेत्री करिनालाई गालीको वर्षा

सहयात्रा टिभी

काठमाडौं । चैत्र १३, बलिउड अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चित नायिका हुन् । नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बनेकी छिन् । सन्तानलाई जन्म दिएपछि पनि उनी आफ्नो काममा फर्किएको भनेर चौतर्फी चर्चा भएको थियो ।

आफ्नो पहिरन र कामको कारणले उनले चर्चा भइरहन्छ । कहिले उनले लगाएको लुगा देखि लिएर उनले सेफको सन्तानलाई गरेको मायाले पनि बलिउडमा उनको राम्रै छाप छ । हुन त उनी कपुर खानदानबाट आएकोले पनि उनको क्रेज हुने नै भयो, ती माथि नवाब परिवारको बुहारी नि परिन् ।

अब बेबो एकपटक फेरि काममा फर्किरहेकी छिन्, उनी जताततै चर्चामा छिन् र प्यापराज्जीको क्यामेरा उनीतर्फ फर्किएका छन्। हालै मात्र करीनालाई शुटबाट निस्किदै गरेको देखिएको छ। यस समयमा उनको ताजा लुक र स्टाइल हेर्न लायकको थियो। करीनाका यी चित्रहरूले सबैको ध्यानाकर्षण गरेको छ। बेबोको यो ग्रीष्मकालीन लुक मानिसहरूले खुब मन पराइरहेका छन् र प्रशंसा गरिरहेका छन्। उनको समर्थनको साथसाथै गाली गर्नेहरुकफ पनि कमी छैन यहाँ ।

 

 

 

प्रकाशित : 26 March, 2021

प्रतिक्रिया दिनुहोस्