म्यान्मारमा सैन्य दमन झन बढ्यो, शनिबार एकैदिन ११४ प्रदर्शनकारीको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । चैत १५, म्यान्मारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ११४ जनाको मृत्यु भएको छ ।

शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर चारजना बालबालिकासहित ११४ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

शनिबार त्यहाँका विभिन्न ४० स्थानमा ठूला प्रदर्शन भएका थिए । फेब्रुअरी १ मा त्यहाँ सैन्य कू भएको थियो ।

दिनहूँ भइरहेको प्रदर्शनलाई दबाउन म्यान्मारको सेना र प्रहरीले प्रदर्शनकारीमाथि सिधैँ गोली चलाउने गरेको छ ।
शनिबार भएको हिंसालाई लिएर अमेरिका, बेलायत तथा युरोपियन युनियनले भर्त्सना गरेका छन् ।

प्रकाशित : 28 March, 2021

प्रतिक्रिया दिनुहोस्