उपत्यकामा प्रदूषणले गर्दा आज पनि हवाई उडान प्रभावित

काठमाडौं । चैत्र १६, काठमाडौं उपत्यकामा वातावरण प्रदूषणले गर्दा आज सोमबार पनि हवाई उडान प्रभावित भएको छ । गएको तीन दिनदेखि बढेको प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ ।
प्रदूषण तथा काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी प्रभावित भएको हो । विमानस्थल कार्यालयका अनुसार आजका लागि ९७ वटा आन्तरिक हवाई उडान रहेकोमा अहिलेसम्म एउटा पनि हुन सकेको छैन ।
हिजो एक सय ९ वटा उडान रहेकोमा ४२ वटा रद्द भएको थियो । त्यस्तै, अस्ति एक सय १४ वटामा ५७ वटा रद्द भएको थियो । अन्तर्राष्ट्रिय उडान भने रद्ध नभए पनि समय तालिका अनुसार हुन नसकेको विमानस्थल कार्यालयले बताईएको छ ।