पाथिभरा मन्दिरमा पर्यटकको संख्या वृद्धि
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १६, ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाका रुपमा रहेको तिनजुरे पाथिभरामा चैत्र र बैशाखमा पर्यटकको बढी भिड हुने गर्दछ । चैत्र र बैसाखमा उभौली पर्ने भएकाले पनि यो सिजनमा तिर्थालु एवं पर्यटकको संख्या बढ्ने गरेको पाईन्छ ।
चारैतिर हिमालको मनोरम दृष्यहरु सँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्दै धार्मिक महत्व रहँदै आएको छ । गुराँसको राजधानी सँगै रहेको यो मन्दिरमा दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । मन्दिरमा तेह्रथुमको बसन्तपुर बजार सवारी साधानहरुबाट सहजै पुग्न सकिन्छ ।
पुर्बका बिभीन्न जिल्लाहरुको अवलोकन समेत यो मन्दिर परिसरबाट गर्न सकिने भएकोले पनि तिर्थालु सँगै पर्यटहरुको रोजाईमा तिनजुरेको पाथीभरा परेको हो ।
मन्दिर प्रबेश गर्ने स्थानबाट आफ्नो मनोकांक्षा पुरा हुने जनविश्वासका साथ डोरी टाङदै मन्दिरमा पुर्याउने गरिन्छ । मन्दिरमा दर्शन गर्न पुर्बी तराईका जिल्लाहरुबाट अधिक रुपमा तिर्थालु र पर्यटकहरु आउने गरेका छन । उक्त मन्दिर क्षेत्रमा तिर्थालुका लागी भौतिक संरचना निमार्ण गर्न भने सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।