प्रधानमन्त्री ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्नका लागि दशरथ रंगशाला जाने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार ओलीले खेलपछि विजयी टिमलाई पुरस्कार वितरण गर्नेछन्।

आज अपरान्ह ५ : ३० बजे हुने फाइनल खेलमा नेपाल र बंगालदेश भिड्दैछन्। नेपाल समूह चरणमा भएका दुवै खेलमा गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो।

बंगलादेशले भने किर्गिस्तानको यु–२३ टिममाथि १–० को जित निकालेको थियो भने कोरोना भाइरसका कारण दशरथ रंगशालामा तय भएको विश्वकप छनोटका खेल पटक पटक स्थगित भएपछि एन्फाले थ्री नेसन्स कप आयोजना गरेको हो।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्