तपाईको स्वास्थ्य अवस्था आँखाबाटै थाहा पाउन सकिने
काठमाडौं । चैत्र १६, मानव शरीरको सबै अंगको आ–आफ्नै महत्व हुन्छ । जसमध्ये आँखा मानिसको सबै भन्दा महत्वपूर्ण अंग हो । आँखाको रंग हेरेर पनि मानिसको स्वास्थ्य अवस्था कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ ।
रातो आँखा
आँखा रातो हुने पहिलो कारण त आँखामा फोहोर पस्नु हो र यदि आँखामा दबाव महशुस हुन्छ र हल्का टाउको पनि दुख्छ भने तुरुन्त आँखा विशेषज्ञको सल्लाह लिनु पर्दछ ।
रुखो आँखा
आँखामा चिलाउने गर्दछ भने कुनै औषधीको साइड इफेक्टको संकेत हुन सक्छ । रुखो आँखा हुनुको कारण भिटामिन ए को कमी वा अहिलेको व्यस्त जीवनशैलीका कारण लामो समयसम्म कम्प्युटर, ल्यापटप र स्मार्टफोनमा काम गर्दा पनि आँखा रुखो हुन्छ ।
आँखाको तल्लो भागमा कालोपन
आँखाको तल्लो भागमा कालोपन हुनु कमजोरीको संकेत हो भने थाइराइड वा रगतमा रातो कणिकाहरुको कमीका कारण आँखाको तल्लो भागमा कालोपन समेत देखिन्छ ।
पहेँलो आँखा
आँखाको सेतो भागमा पहेँलोपन देखिनु लिभरमा समस्या आउनु हो । साथै क्यानसर हुदा पनि आँखा तथा अनुहारमा पहेँलो हुन्छ ।त्यसैगरी, आँखाको वरीपरि पोल्नु वा आँखाको चारैतिर पोल्ने र टट्टाउने गर्दछ भने तपाईलाई बढी मात्रामा सोडियम लिइरहनु भएको छ । तसर्थ यस्तो भएको अवस्थामा पोटासियम बढी भएको खानेकुरा खाने । पानी पनि बढी पिउने ।