स्वेज नहरमा फसेको जहाज निकालियो

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, स्वेज नहरमा फसेको मालवाहक जहाज निकालिएको खबर छ । सोमबार सोसल मिडियामा पोस्ट गरिएको भिडियोमा एवर गिवेज जहाजको पछाडिको हिस्सा घुमेका कारण नहरको बाटो खुल्ला भएको देख्न सकिन्छ ।

यस्तैगरी समाचार एजेन्सी रोयटर्सले इन्चकेप शिपिङ सर्भिसेजलाई उद्धृत गर्दै करिब एक हप्तादेखि स्वेज नहरमा फसेको यो विशाल जहाज पुनः तैरन थालेको र यसलाई चल्न लायक स्थितिमा ल्याउने काम जारी भएको बताईएको छ ।

कम्तिमा ३६९ जहाज नहरको बाटो कहिले खोलिएला भनेर प्रतीक्षा गरिरहेका थिए । स्वेज नहर प्राधिकरण ९एससीए० का अध्यक्ष ओसामा रबीले इजिप्टको एक्स्ट्रा न्यूजलाई आइतबार दिएको जानकारीमा यसमा थुप्रै मालवाहक जहाज, तेलका ट्याङ्कर र एएनजी वा एलपीजी ग्यास लैजादैं गरेको बताएका थिए भने ४०० मिटर लामो एवर गिवेन जहाज मंगलबार तीब्र हावाका बीच स्वेज नहरमा फसेको थियो । यसका कारण युरोप र एशियाबीच यो सबैभन्दा छोटो जहाज मार्गमा जहाजको ट्राफिक जामको स्थिति बनेको थियो ।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्