सनराइज बैंकले ल्यायो ई–कार्ड

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, सनराइज बैंकले नेपालबाट विदेशी इकमर्श साइटबाट सामान खरिद गर्न मिल्ने ई–कार्ड जारी गरेको छ। नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सनराइज ई–कार्ड संचालनमा ल्याएको बैंकले बताएको छ।

बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने छन्। सो ई–कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने बताईएको छ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ । ई–कार्ड प्रयोग गरि अनलाईनबाट प्रवाह हुने सुबिधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सकिने छ।

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्