सडकमा फोहोर फ्याँकी विरोधको नयाँ तरिका: म्यानमार
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १७, म्यानमारमा सैन्य कूविरुद्ध मानिसहरुको विरोध प्रदर्शन जारी रहेको छ । समाचार एजेन्सी रोयटर्सले एक संगठनलाई उद्धृत गर्दै १ फेब्रुअरीदेखि हालसम्म विरोध प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५०० पुगिसकेको बताएको छ ।
एजेन्सीले मंगलबारदेखि मानिसहरुले एक सविनय अवज्ञा आन्दोलनको सुरुवात गरेका छन् जसमा उनीरुले सडकमा फोहोर फ्याँक्नेछन् । असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) नामक संगठनले सोमबार म्यानमारमा १४ नागरिकको मृत्यु भएको जसमा कम्तीमा आठजनाको यंगूनको दक्षिणी ड्यागन जिल्लामा ज्यान गएको हो ।
प्रत्यक्षदर्शीका अनुसार सुरक्षाबललले ब्यारिकेड बनाएर राखिएको बालुवाको बोरा हटाउनका लागि हाई क्यालिबरको हतियार प्रयोग गरे । यो कस्तो प्रकारको हतियार थिए, त्यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन । संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शन नदबाउन भनेका छन् ।