सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको बताईएको छ ।

यस्तैगरी तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ भने सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्