बेलायतमा आजको तापक्रम विगत पाँच दशकयताकै उच्च
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १७, बेलायतमा आज (मंगलबार)को तापक्रम विगत ५३ वर्षयताको मार्चमध्यकै सबै भन्दा बढी हुने जनाईएको छ ।
आजको तापक्रम २४ डिग्रीसम्म पुग्नेछ, जुन सन् १९६८ पछिका मार्चमध्ये सबैभन्दा तातो दिनको रुपमा सावित हुनेछ भने आजको तापक्रम यस वर्षको पनि सबैभन्दा उच्च तापक्रम हो । सन् १९६८ को मार्च २९ का दिन २५.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।
कोरोना संक्रमणको महामारीका कारण इङ्ग्ल्यान्डमा जारी लकडाउन खुकुलो गरेको २४ घन्टामा बेलायतको तापक्रम अत्यधिक रुपमा बढेको हो । लकडाउन खुल्ला गरिएको दिन सोमबार पनि बेलायतको मौसम विगतको तुलनामा निकै घमाइलो बनेको थियो ।
उक्त दिन इङ्ग्ल्याण्डवासीहरुले महिनौदेखि एकआपसमा भेट्न नपाएका आफन्तहरूसँग घरबाहिर दुई परिवार वा ६ जनासम्म भेटघाट पाएका थिए । बेलायतमा कोरोना संक्रमणका कारण एक लाख २६ हजार बढीको मृत्यु भइसकेको छ भने ४३ लाख ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यसैगरी बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४१ लाख १९ हजार ९५ डोज खोप वितरण भइसकेको बताईएको छ ।