स्टयान्डर्ड चार्टर्ड बैंक पुरस्कृत

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, स्टयान्डर्ड चार्टर्ड बैंकले ‘एक्सिलेन्स इन लर्निंग एन्ड डेभलपमेन्ट’ अवार्ड प्राप्त गरेको छ । मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको हो ।

कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड स्टयान्डर्ड चार्टर्ड बैंकले प्राप्त गरेको बैकले बताएको छ । बैंकमा रहेका मानव संसाधनको विकास तथा सिकाई प्रवद्र्धन गरेका कारण बैंकलाई उक्त पुरस्कार दिइएको आयोजकले जनाए भने आयोजकले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोही छनौट समितिले बैंकलाई अवार्ड दिने निर्णय गरेको बताईएको छ ।

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्