बेपत्ता भएका बालिका र किशोरी भेटिए

काठमाडौं । चैत्र १८, महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् ।
खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले जानकाी दिएकी छन् ।
हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान एकैचोटी हराएका थिए ।