बुधबार फेरी पनि नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, बुधबार फेरी पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । कारोबारको १ घण्टापछिदेखि टिएमएसमा समस्या आएको भन्दै लगानीकर्ताहरुले गुनासो गरेका हुन् ।

टिएमएसमा हालेको अर्डर नदेखिएकाले दोहोर्याएर अर्डर राखेकोले गुनासो लगानीकर्ताहरुले गरेका छन् । नेप्सेले पनि सुचना जारी गरी प्राविधिक समस्याले ब्रोकरहरुको डीएनए अबरुद्ध भएकाले टिएमएसमा अर्डर राख्न नमिलेको बताएको छ । प्राविधिक समाधानका लागि पहल भैरहेकाले धैर्य गर्न लगानीकर्ताहरुमा नेप्सेले आग्रह गरेको बताईएको छ ।

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्