नेपाल कराँते महासंघका पुर्ब प्रबक्ता तथा युवा नेता अधिकारीको उदाहरणयिक काम

काठमाडौं । चैत्र १८, नेपाली काँङ्ग्रेसका युवा नेता तथा नेपाल कराँते महासंघका पुर्ब प्रबक्ता राजेश अधिकारीले आफ्नै निजी प्रयासमा सरकारी बिद्यालयमा अध्ययनरत बालवालिकाहरूलाई सहयोग गरी उनिहरूको पठनपाठनमा सहयोग पुर्याउँनको लागि एक नयाँ कार्यक्रमको सुरुआत गर्नुभएको छ ।
त्यस कार्यक्रमका सहयोगदाता राजेश अधिकारीका अनुसार गत बर्षको चैत्र ११ गते देखी बन्दाबन्दि भएको अबस्थामा उहाँले अब समाजसेवाको क्षेत्रमा नयाँ कामको सुरूआत गरौँ भनेर त्यसबेला देखी नै कपाल नकाटिकन सोहि बेला देखी आफुले कपाल काटने पैसाको बचत गरि यो चैत्र महिना सम्मको कापाल काटने पैसा र त्यो पैसामा अझ केहि रकम थप गरि रू दश हजार एक सय (रु १०१००/- ) काठमाडौ जिल्लाको टोखा नगरपालिकाको धापासीमा रहेको धापासी मा बि मा रहेका गरिब तथा जेहेन्दार बिद्यार्थिकालागि स्टेशनरी सामग्री खरिद गर्नकालागि प्रदान गर्नुभएको थियो भने उक्त रकम सोहि बिद्यालयमा बिहानको प्रार्थना सभा भैरहेको बेलामा सो बिद्यालयको बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरू , शिक्षक शिक्षिकाहरू तथा करिब ४५० जना बिद्यार्थिहरूका माझ सहयोगदाता राजेश अधिकारीले उक्त बिद्यालयका प्रधानाध्यापक श्रीराम थापालाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
त्यस प्रकृतिको नौलो प्रकारको कार्यक्रम देखेर बिद्यार्थिहरू पनी निकै नै खुशी भएका थिए । यस्तै सो प्रकृतिको कार्यक्रमको बारेमा सो कार्यक्रमका सहयोग दाता राजेश अधिकारीले अरू सहयोगी मनहरू तथा आफ्ना साथिभाई संग यस्तै किसीमको कार्यक्रमको बारेमा कुरा गर्दा अरू १२/१५ जना साथिहरूले पनी यस्तै किसीमको सृजनशिल काम गरेर बालवालिकाको शैक्षिक गतिबिधिमा आफुहरू पनी सहयोग गर्न ईच्छुक रहेको कुरा बताएका थिए ।
सोहि कार्यक्रमका सहयोगी राजेश अधिकारीले आफुले दिएको सहयोग रकमको सहि सदुपयोग भएमा आफुले सहयोग गरेको क्षेत्रका बालवालिकाहरू सहि बाटोमा लागुन र भविश्यमा राम्रो बन्न सकुन भन्ने उद्येश्यका साथ एउटा एउटा रचनात्मक कार्य गरेर प्रत्येक बर्ष नै यस प्रकारको आर्थिक सहयोग गरिरहने कुरा बताउनु भयो ।