महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा उपत्यकाका करिडोरको सडक व्यवस्थापन गर्न टोली (सिएमटी) खटाए

काठमाडौं । चैत्र १८, काठमाडौं उपत्यका करिडोरका सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि करिडोर व्यवस्थापन टोली (सिएमटी) खटाएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार १७ वटा मोटरसाइकलसहितको ट्राफिक प्रहरी करिडर व्यवस्थापनका लागि खटाइएको बताईएको हो।
काठमाडौं उपत्यकामा करिडोरको बाटो प्रयोग गरेमा मूल सडकहरूमा जाम थोरै मात्रामा भए पनि कम हुने उद्देश्यले यो काम सुरू गरेको एसएसपी भट्टराईको भनाइ थियो।
‘हामीले करिडोरको निर्माण छिटो गर्न झकझक्याइरहेका थियौं’, उनले भने,’त्यही अनुसार काम भएपछि हामीले फाइदा लिनुपर्छ भनेर यो टिमलाई खटाएका हौं।’