केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । चैत्र २१,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ। देश–विदेशको यात्रा गर्ने मौका जुट्न सक्छ। सोचेको काम पुरा हुनेछ । आफन्तहरुको सहयोगबाट लक्ष्यसम्म पुग्न सकिनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपान र चिसोमा ध्यान दिनुहोला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
शुभचिन्तकहरूले पनि साथ दिनेछन् र भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। स्थिति केही उतारचढावमय रहनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। परिस्थितिले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ।इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मित्रहरूको सहयोगले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त र साथीभाइसँग सम्पर्क बढ्नेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन्। तर,स्वास्थ्यचिन्ताले भने सताउन सक्छ। आलोचकहरूले गल्ती औंल्याए पनि सच्याउने अवसर प्राप्त हुनेछ। लाभ नहुने कामको समेत जिम्मेवारी आउनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेका काम बन्नाले मनग्गे फाइदा हुनेछ। व्यवसायमा राम्रै आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
कामबाट लाभ उठाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा पनि आम्दानी बढ्नेछ।अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। विवादमा परी पनि हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। तापनि चुनौती पार लगाउन सकिनेछ। अवसरले उत्साह जगाउनेछ। तर आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
अर्थ अभावले सताउने हुँदा आँटेको काम स्थगित हुन सक्छ। स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारजनको सहयोगले धेरै अप्ठ्यारा काम सम्पादन हुनेछन्। यात्रा खर्चिलो र कष्टपूर्ण हुन सक्छ। झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला पनि थपिदिन सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनाले प्रेमको बन्धन समेत कसिने समय छ। अध्ययनतर्फ मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। तापनि प्रतिस्पर्धीहरूले केही दुस्ख देलान्। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ।

प्रकाशित : 3 April, 2021


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्