चीनबाट ल्याएको खोप ४० देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई लगाइने

सहयात्रा टिभी

काठमाडौं । चैत्र १९, चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाईरस विरुद्धको इन्सिडेण्ट कमाण्ड सिस्टमको बैठकले सो खोप ४० देखि ५९ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरिएको बताईएको छ ।

जसका लागि अस्पताल छनोट गरी पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने सरकारले बताएको छ ।

चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो भने उक्त खोप यही चैत १६ गते चीनबाट नेपाल ल्याइएको हो ।

नेपालमा अहिले ५ लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप मौज्दात रहेको छ ।

भारतबाट प्राप्त एस्ट्राजेनेका खोपको पहिलो डोज लगाईएका मानिसलाई कहिलेबाट दोस्रो डोज दिने भन्ने अहिलेसम्म निश्चित भएको छैन ।

प्रकाशित : 1 April, 2021

प्रतिक्रिया दिनुहोस्