शुक्रवारबाट सर्वसाधारणमा आईपीओ विक्री गर्दै रू रू जलविद्युत

सहयात्रा टिभी

काठमाडौं । चैत्र १९, पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको रू रू जलविद्युत परियोजनाले चैत २० गते शुक्रवारदेखि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको हो । अब सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कुल कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । स्थानियमा न्यूनतम अंकित मूल्य रू। १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य रू। १०० मा रू। २० प्रिमियम थप गरी प्रतिकित्ता रू। १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो ।

सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू।४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । स्थानिय सहित सर्वसाधारणमा रू। ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो ।

प्रकाशित : 1 April, 2021

प्रतिक्रिया दिनुहोस्