फ्रान्समा पुन: लकडाउनको घोषणा

सहयात्रा टिभी

फ्रान्स । चैत्र १९, फ्रान्समा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि फेरि लकडाउनको घोषणा गरिएको गरीएको छ ।

कोरोनाको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको खबर सार्बजनिक गरेका छन् । उनले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका समेत गरेका हुन्।

पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शनिबारदेखि लागु हुने गरी पुनः लकडाउनको घोषणा गर्ने निर्णय लिएका हुन् । यस पटकको लकडाउन कम्तीमा तीन हप्ताका लागि लागु हुने छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ ।

प्रकाशित : 1 April, 2021

प्रतिक्रिया दिनुहोस्