ओलम्पिकको स्वर्ण पदक विजेताको निधन

काठमाडौं । चैत्र १९, सन १९९२ मा स्पेनको बार्सिलोना सम्पन्न ओलम्पिकमा स्वर्ण पदक जितेका जापानी जुडो खेलाडी तोशिहिको कोगाको ५३ वर्षको उमेरमा निधन भएको जापानी टेलिभिजन एनएचकेले समाचार सार्वजनिक गरीएको छ। कोगालाई गत वर्ष क्यान्सरको उपचार गरिएको थियो।
उनको निधन प्रति शोक व्यक्त गर्दै जापान सरकारका तर्फबाट समवेदना प्रकट गरिएको छ भने बार्सिलोना ओलम्पिकमा जापानी टीमका कप्तान रहेका कोगाले खेलका क्रममा घुँडामा चोटपटक लागेतापनि स्वर्ण पदक हासिल गरेका थिए। स्वर्गीय कोगाले वार्सिलोनामा लाइटवेट स्वर्ण पदक र सन १९९६मा अटलान्टा ओलम्पिकमा रजत पदक जितेका थिए।।