बलिउडका अभिनेता कादर खानका छोरा अब्दुलको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १९, बलिउडका दिवंगत अभिनेता कादर खानको जेठी श्रीमतिपट्टिका छोरा अब्दुल दुद्दुसको क्यानाडामा निधन भएको छ । उनका अब्दुलसहित सरफराज खान र सहनवाज खान गरी तीन छोरा रहेका छन् ।
अमर उजालामा प्रकाशित खबर अनुसार कादरका छोरा सरफराज बाहेक अन्य दुई छोराले फिल्म क्षेत्रमा कहिल्यै पाइला नचालेको बताईएको छ । कादर पनि आफ्ना छोरा फिल्म क्षेत्रमा आउन भन्ने चाहदैन थिए । तर सरफराजले भने आफ्नै बलबुताले फिल्म क्षेत्रमा केहि पहिचान बनाएका थिए । सरफराजले सलमानका साथ फिल्म ‘तेरे नाम’ र ‘वान्टेड’मा अभिनय गरेका थिए भने यसपछि उनले आफ्नै एक्टिङ एकेडेमी सञ्चालन गरे ।