केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अभिनेत्री दिया विवाहको डेढ महिनामै गर्भवती

सहयात्रा टिभी

मुम्बई । चैत्र २०, बलिउड अभिनेत्री दिया मिर्जाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेको डेढ महिनामा उनी गर्भवती भएकी छन् । नवभारत टाइम्समा प्रकाशित खबर अनुसार दिया स्वयमले सामाजिक सञ्जालमार्फत गर्भवती भएको समाचार सार्वजनिक गरेकी हुन् ।

दियाले सार्वजनिक गरेको तस्वीरमा उनको बेबी बम्प प्रष्ट देख्न सकिन्छ भने उनले तस्वीर पति वैभवले खिचेको उल्लेख गरेकी छन् । वैभवसँग दियाको दोस्रो विवाह हो भने यसअघि सन् २०१४ मा लामो डेटिङपछि साहिल संघासँग उनले विवाह गरेकी थिइन् । तर सन् २०१९ मा उनीहरुले आपसी समझदारीमा सम्बन्धविच्छेद गरेका थिए ।

 

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्