चर्चित क्रिकेट खेलाडी सचिन अस्पताल भर्ना

काठमाडौं । चैत्र २०, भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोरोनाबाट सङ्क्रमित भएका उनी डाक्टरको सल्लाह बमोजिम अस्पताल भर्ना भएका हुन्।
उनले ट्वीट गर्दै आफू डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै आफु निको भई घर फर्कने बताएका छन् ।
खेलाडी सचिन सन् २०११ मा भएको वर्ल्ड कपमा भारतलाई जिताउन सफल भएका थिए भने सन् २०११ को अप्रिल २ अर्थात आजकै दिन श्रीलङ्कालाई हराउँदै भारतले वर्ल्डकप जितेको थियो ।