रुरु हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

सहयात्रा टिभी

काठमाडौं । चैत्र २०, रुरु जलविद्युत परियोजनाले आज चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणकोलागी बिक्रि खुला गरेको हो ।

जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले यस आईपिओमा छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिमा पर्य्पट आवेदन नपरेमा बैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीले यस अघि फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ ।

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्