६४औँ सहकारी दिवसको अबसरमा आईएमई को–अपरेटिभलाई सम्मान

काठमाडौं । चैत्र २०, आईएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित गरीएको छ ।
सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमका बीच आईएमई को–अपरेटिभलाई सो सम्मान प्रदान गरेको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई सो सम्मान प्रदान गरेकी हुन् ।