९ वटा छड्के तिलहरी र ४३ लाख सहित एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । चैत्र २२, काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद तथा ९ वटा छड्के तिलहरी सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ हुनेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताए ।

शनिबार तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बसबाट सो सामान बरामद गरिएको हो । प्रहरीका अनुसार बसको यात्रु हिँड्ने प्यासेजमा टेपले बेरेर राखिएको कार्टुनमा हरियो रङको ९ वटा छड्के तिलहरी, १ हजारको ३९०० थान, ५ सयको ८०० थान गरी ४३,००,००० (त्रिचालिस लाख) फेला परेको बताईएको छ ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्