म्यानमारमा मानिसहरु मरिरहदाँ पनि सेनाविरुद्धको प्रदर्शन फितलो छैन

सहयात्रा टिभी

काठमाडौं । चैत्र २२, म्यानमारमा सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनकारीले आइतबार ‘ईस्टर एग’ लाई आफ्नो विरोधको प्रतिक बनाएका छन् । मानिसहरु ‘इस्टर एग’ सँग आफ्नो तस्बिर पोस्ट गरिरहेका छन् । उक्त तस्बिरमा थुप्रै नारा लेखिएका छन् र मानिसहरुले म्यानमारमा लोकतन्त्रको बहाल होस् भनेर माग गरिरहेका छन् ।

‘द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) नामका एक कार्यकर्ता समूहले यो आँकडा जारी गरेको छ । उक्त समूह सैन्य कू पछि नै विरोध प्रदर्शनमा घाइते भएका र मारिएका मानिसहरुको गन्ती गर्ने काम गरिरहेका छन् ।

यो समूहका अनुसार बर्माका मानिसहरु सैन्य तानाशाहीको अन्त्यसम्म र लोकतन्त्रको बहालीसम्म विरोध प्रदर्शन जारी राख्नेछन् । एएपीपीका अनुसार २६ सय भन्दा बढी मानिसहरु प्रहरीको हिरासतमा रहेका छन् । यसैबीच म्यानमारका सेना लगातार मानिसरुको आपसी संवादमाथि रोक लगाउने कोसिस गरिरहेका छन् ।

यस्तै प्रशासनले म्यानमारका कम्तीमा ४० चर्चित व्यक्तिविरुद्ध वारेन्ट जारी गरेको छ । प्रशासनले यी मानिसहरुको अपराधबारे जानकारी दिँदै यी मानिसहरुले म्यानमारमा सैन्य शासनको विरोध गरेका छन् ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्