अभिनेत्री प्रियंका कार्की आमा बन्दै
सहयात्रा टिभी
काठमाडौं । चैत्र २२, अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छिन्। केहि दिन अघि सामाजिक सञ्जालमा होली पर्वको अवसरमा सार्वजनिक भएका तस्विरमा अभिनेत्री कार्की मोटाएकी जस्तो देखिएकी थिइन्।
उक्त तस्विरलाई देखेर मानिसहरुले नायिका कार्की गर्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा पनि राखेका थिए भने सामाजिक सञ्जालमा चलिरहेको गसिपबारे प्रष्टपार्दै अभिनेत्री कार्कीले आफू गर्भवती रहेको शुक्रबार प्रष्ट पारेकी छन्।
सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र नायक आयुष्मान देशराज जोशी विहे बन्धनमा बाँधिएका थिए । त्यसअघिको पहिलो वैवाहिक सम्वन्ध तोडिएको ८ वर्षपछि नायिका कार्की आयुष्मानसँग दोस्रो विवाह गरेकी थिइन्।