बलिउड अभिनेत्री किरण खेरलाई लाग्यो ब्लड क्यान्सर
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २२, बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ । चन्ढीगढबाट भारतीय जनता पार्टीकी सांसद समेत रहेकी खेरलाई ब्लड क्यान्सर भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
अभिनेत्री एवम् सांसद खेर मल्टिपल माइलोमाबाट पीडित भएकी छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । उनी अहिले मुम्बईमा उपचारारत छिन् । किरण खेरका साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी दिएका हुन् ।