काठमाडौं बाहिर पनि अब ‘गाडी एप’

काठमाडौं । चैत्र २२, दिन प्रतिदिन चर्चित हुँदै गएको राइड–सेयरिङ प्लेटफर्म काठमाडौं बाहिर पनि सुरु भएको छ। सोमबारबाट ‘गाडी एप’ बुटवल, पोखरा, नारायणगढ, झापा र धरानमा सुरु गरीएको हो।
यात्रुलाई एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न यो प्लेटफर्म सस्तो र सहज छ। यसले रोजगार पनि सृजना गर्छ। उक्त प्लेटफर्ममा आफ्नो बाइक,ट्याक्सी, अटो, स्कर्पियो लगायत दर्ता गर्न सकिन्छ। बाइकको लागि पहिलो १ कि.मि. सम्म ४० रुपैयाँ र त्यसपछि प्रति कि.मि. १५ रुपैयाँ थपिँदै जान्छ। अटोको लागि पहिलो १ कि.मि. सम्म ३० रुपैयाँ र त्यसपछि प्रति कि.मि. १५ रुपैयाँ थपिँदै जान्छ। साथै ट्याक्सीको लागि पहिलो १ कि.मि. सम्म ६० रुपैयाँ र त्यसपछि प्रति कि.मि. ५० रुपैयाँ थपिँदै जाने कम्पनीले जनाएको छ।