नेप्से उच्च विन्दुमा, कारोबार ९ अर्ब नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २२, आइतबार सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । २५४० विन्दुको आफ्नै रेकर्ड ब्रेक गर्दै सेयर बजारले इतिहास कायम गरेको हो ।

बजार २६५७.६१ अंकमा पुगेर आइतबारको कारोबार बन्द भएको छ भने यस दिन ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
७ कम्पनीको मूल्य वृद्धि भएर सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कारोबार भएको निफ्रा अग्रस्थानमा छ ।

दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी रहेका छन भने १३ समूहमध्ये ८ समूहको सूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहमा सबैभन्दा बढी बृद्धि देखिन्छ । फाइनान्स, अन्य तथा वाणिज्य बैंक समूह पनि वृद्धि रहेको छ ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्