किन सिल गरीयो बालाजु शाखाको राजेश हार्डवेयर ?

सहयात्रा टिभी

काठमाडौं । चैत्र २२, उपभोक्ता ठगीको आरोपमा बालाजुको राजेश हार्डवेयरका शाखा प्रमुख शुक्रबार प्रहरीले हिरासतमा लिएको छ। उपभोक्तालाई बिक्री गरिएको फलाम र डण्डीको तौलमा ठगी गरेको आरोपमा शाखा प्रमुख कमल शर्मालाई उनकै पसलका ग्राहकले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बालाजुमा बुझाएका हुन् ।

हार्डवेयरले बिक्री गरेको डण्डी र फलामको वास्तविक तौल बिलमा जनाइएको भन्दा फरक परेको कुरा प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जनाए । व्यवसायी सागरमल अग्रवालको राजेश हार्डवेयरका नेपालभर १८ वटा बिक्री केन्द्र रहेका छन् । तीमध्ये एक बालाजु शाखाबाट गरिने तौल ठगीबाट सबभन्दा पीडित साना ग्रिल तथा स्टिल्स व्यवसायीहरू थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार स्थलगत अनुसन्धान गरेर राजेश हार्डवेयरको बालाजु शाखा सिल गरेर सञ्चालकलाई २४ घण्टे पत्र काटिएको जनाएको छ ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्