आगलागीबाट पन्ध्र लाखको नोक्सानी

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ ।

जिल्ला प्रहरी कार्यलयका भनाई आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ भने घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु २५ हजारसमेत जलेर रु १५ लाखभन्दा बढीको क्षति भएको र प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले जनाए ।

 

 

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्