इन्डोनेसियामा गएको बाढी–पहिरोको कारण ५० जनाले ज्यान गमाए

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, इन्डोनेसियामा बाढीपहिरोको कारण कम्तीमा ५० जनाको ज्यान गएको छ र २७ जनाभन्दा बढि बेपत्ता भएका छन् भने हराइरहेका तथा फसेकाहरुको उद्धार कार्य भइरहेको छ ।

इस्ट नुसा तेन्गारा प्रान्तमा बाढीपहिरो आएको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले बताएको छ ।

इन्डोनेसियासँगै छिमेकी देश तिमोर लेस्तेका झण्डै दश हजार घरमा क्षति पुगेको बीबीसीले जनाएको छ। इन्डोनेसियालाई विपद्को जोखिममा रहेको देश मानिन्छ ।

 

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्