फेरी आयो पंजाबी भर्सनमा ‘फुलबुट्टे सारी’
सहयात्रा टिभी
काठमाडौं । चैत्र २३, विभिन्न भर्सनमा र भाषामा सार्वजनिक भैरहेको चर्चित गीत ‘फुलबुट्टे सारी’लाई पंजाबी गायक लकी सिद्धुले पनि गाएका छन् ।
यो गीतलाई संसार ब्लग प्रोडक्शनको युटुब च्यानलले सार्वजनिक गरेको छ । नेपाली नै राम्रोसँग बोल्न नजान्ने लकीले यो गीतलाई आकर्षक तरिकाले गाएका छन् । यो गीतको पञ्जाबी भर्सनले भारत र लण्डनमा पनि निकै चर्चा कमाएको छ ।