भरतपुरका बज्राचार्य एक हप्तादेखि बेपत्ता, परिवारले खोजी गरिदिन आग्रह

भरतपुरैं । चैत्र २३, भरतपुर–२ क्षेत्रपुर निवासी ४० वर्षीया सिजन बज्राचार्य एक हप्तादेखि सम्पर्क विहीन भएका छन् ।
घरमा दुई महिनाको छोरा र सात वर्षकी छोरी भएका बज्राचार्य यही चैत १३ गते शुक्रबार दिउँसो करिब १२ बजेदेखि हराईरहेको हुदाँ उनको परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । घरपरिवारसँग कुनै किसिमको समस्या नभएको तर एक्कासि सम्पर्क विहीन भइदिँदा परिवारमा थप पीडा भएको श्रीमती सविना गुभाजुले जानकारी दिएकि छिन् ।
२० वर्षदेखि नारायणगढको सहिदचोकमा भक्तपुरे नेवारी खाजाघर नामको होटल व्यवसाय गर्दै आएका सिजनको परिवारले निकै लामो समय सबै ठाउँमा खोजी गरे पनि सम्पर्कमा ल्याउन नसकेको हुँदा अनत्यत सञ्चार माध्यम मार्फत खोजी गरिदिन आग्रह गरेकी हुन् ।