केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेरी दुर्घटना हुँदा २६ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, बंगलादेशमा आइतबार ५० यात्रु बोकेको फेरी दुर्घटना भएको छ । राजधानी ढाकादेखि २० किलोमिटर दक्षिणमा रहेको नारायणगञ्ज स्थित शितालक्ष्य नदीमा मालवाहक पानीजहाजसँग ठोक्किएपछि यात्रु बोकेको फेरी डुब्दा २६ जनाको मृत्यु भएको छ ।

आइतबार नारायणगञ्ज जिल्लाबाट छुटेको केही समयमा नै सो फेरी दुर्घटनामा परेको नारायणगञ्जका जिल्ला प्रशासक मुस्टेन बिल्लाहले बताए । आइतबार राति ठूलो आँधी आउँदा दुर्घटनामा परेकाहरुको उद्धार कार्य पनि प्रभावित भएको थियो । सोमबारदेखि कोरोना संक्रमण नियन्त्रणको लागि बंगलादेशको सरकारले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।

आइतबार बंगलादेशमा कोरोना भाइरसका सात हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए । बंगलादेशमा पर्याप्त सुरक्षाको मापदण्ड नअपनाईएकोले फेरी दुर्घटनामा परी सयौंको मृत्यु हुने गरेको छ ।

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्