यस वर्ष उत्तर कोरियाले ओलम्पिकमा भाग नलिने

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, उत्तर कोरियाले यस वर्ष टोकियोमा आयोजना हुने ओलम्पिकमा भाग नलिने भएको छ। कोरोना महामारीको चिन्ताले ओलम्पिकमा भाग नलिने निर्णय गरेको उत्तर कोरियाको खेल मन्त्रालयले बताएको छ।

आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म जापानको राजधानी टोकियोमा गृष्मकालीन ओलम्पिक खेलको आयोजना हुदैंछ। सन १९८८ मा दक्षिण कोरियामा सम्पन्न ओलम्पिक पछि उत्तर कोरियाले ओलम्पिकमा भाग नलिने निर्णय गरेको यो पहिलो पटक हो।

नेपालले पनि ओलम्पिकमा भाग लिन तयारी गरिरहेको छ। हाल नेपाली जुडो खेलाडीहरु ओलम्पिककै तयारीका सिलसिलामा किर्गिस्तानको बिस्केकमा आयोजित अन्तराष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन गईरहेका छन।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्