जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । चैत्र २४, पाल्पाको तानसेनमा बोलेरोमा कुखुरा बोकेको जिप दुर्घटना परी दुई जनाको मृत्य भएको छ ।
गएरात साढे १२ बजे लु २ च ६३२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको उपचारको क्रममा युनाटेड मिसन अस्पतालमा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।