अमिताभ बच्चन र दीपिका पादुकोन एकैसाथ फिल्ममा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २४, बलिउड अभिनेत्री दीपिका पादुकोनले एकपटक पुनः अमिताभ बच्चनसँग फिल्म खेल्ने भएकी छन्। उनले हलिउड फिल्म द इन्टर्नको हिन्दी रिमेक बनाउने घोषणा गरेकी छन्। जसमा उनले अमिताभसँग अभिनय गर्नेछिन्।
यसअघि उक्त जोडी पिकुमा देखिएका थिए। दीपिकाले फिल्म घोषणा गर्दै लेखेकी छिन् – मेरो सबैभन्दा राम्रो सहकलाकारसँग अभिनय गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो। द इन्टर्नको भारतीय रुपान्तरणको लागि अमिताभ बच्चनलाई स्वागत गर्न चाहन्छु।