सुडानमा ४० जनाको हत्या

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भिडन्तहुँदा कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले बताएको छ ।

यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो । यस भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ । उक्त भिडन्तमा परी अरु पनि कम्तीमा ५८ जना घाइते भएका पनि जनाईएको छ ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्