को रहेछ आखिर दिपाश्रीको फेसबुक ह्याक गर्ने ?
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २४, केही समयअघि फिल्मक्षेत्रका कलाकारहरुको फेसबुक ह्याक भएको थियो । कलाकार तथा निर्मात्री दिपाश्री निरौला, नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरी उनीहरुका साथीमार्फत् रकम पनि माग गरिएको थियो ।
आफ्नो फेसबुक ह्याक भएपछि दिपाश्री निरौला लगायतका केही कलाकारले सार्वजनिक रुपमै आफ्नो फेसबुक ह्याक गरेर कसैले पैसा मागिरहेको भन्दै कसैलाई पनि पैसा नपठाउन आग्रह गरेका थिए । कलाकारको फेसबुक ह्याक गर्ने ह्याकरको खोजी गर्ने क्रममा प्रहरीको साइबर ब्यूरोले मंगलबार पर्साबाट १४ वर्षीय किशोरलाई पक्राउ गर्यो ।
प्रहरीको भनाई अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय किशोर रहेका छन् । कम्प्युटर र इन्टरनेटमा चाख राख्ने परिवर्तित नाम बहुदरमाई भएका किशोरले फिसिङ लिंक पठाएर कलाकारको फेसबुक ह्याक गरेका थिए । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले बताएको छ ।