भारतमा अर्का अर्बपति भेटियो
सहयात्रा टिभी
काठमाडौं । चैत्र २४, विश्वका अर्बपतिहरुको सूचीमा अदानी समूहका अध्यक्ष गौतम अदानी पनि थप भएका छन् ।
फोर्ब्सको रियल टाइम विलेनर्स सूचीका अनुसार गौतम अदानी अहिले ६१.३ अर्ब डलर बराबरको सम्पत्ति बनाउन सफल भएर विश्वका २० औं सबैभन्दा धनी व्यक्ति भएको सार्वजनिक गरेको छ ।
फोर्ब्सको सूचीका अनुसार ६ अप्रिल २०२१ मा गौतम अदानीको कुल सम्पत्ति ६१.३ अर्ब डलर पुगेको छ । यो एक दिनमा ४.८ अर्ब डलर अर्थात ८.५८ प्रतिशतले उनको सम्पत्ति वृद्धि भएको छ । भारतीय शेयर बजारमा अदानी ग्रुपका कम्पनीको शेयर लगातार बढिरहेको छ ।